भीनपा ६ जगदम्बा टोलका शाहको पक्की घर विपद्को उच्च जोखिममा

कञ्चनपुर, २५ असार : चार दिन देखिको लगातारको भिषण बर्षाले कञ्चनपुर जिल्लाभरी वाढी, कटानको महाविपत्ती निम्त्याईरहेका बेला जिल्ला सदरमुकाम महेन्द्रनगरमा एक स्थानीय नागरिकको पक्की घर विपद्को उच्च जोखिममा रहेको छ ।

भीमदत्त नगरपालिका ६ ऐठपुर जगदम्बा टोलका मिन बहादुर शाहको पक्की घर विपद्को उच्च जोखिममा परेको हो । चुरेबाट भीनपा ३ र ६ को सीमा भएर बग्ने त्रिबेणी खोलाको कटानीले शाहको पक्की घर उच्च जोखिममा रहेको छ ।

शाहले नै निजी लगानीमा डेढ दशक अघि निर्माण गरेको पर्खाल(तटबन्ध) भत्काईदिएर घर नजिकैसम्म भत्किएको छ । ‘मैले निजी लगानीमा खोला घरतिर आउनबाट रोक्नका लागि पक्की पर्खाल निर्माण गरेको थिए, ‘उनले भने, ‘अहिले खोलामा आएको वाढीले पर्खाल भत्काईदिएको छ,दोस्रो पटक वाढी आउँदा मेरो पक्की घरै भत्काउने हामीलाई त्रास छ ।’ शाहले जेनतेन गरेर अस्थायी प्रकृतिको रोकथाम पनि आफैले गरेको बताए ।

‘सिङ्गैखोला पर्खाल भत्काएर मेरै घरतिर आएको छ, ‘यस विषयमा स्थानीयदेखि तीनै तहका सरकारका अंगहरुलाई जानकारी दिदा समेत वेवास्ता राखियो, अहिले समान्य भत्किएको पर्खाल भोली पुरै भत्किएर घरै जोखिममा परेर उठिबासको खतरा छ, तैपनि हाम्रा जनप्रतिनिधीलाई जनताको पीडा बारे वास्ता नै छैन ।’ पर्खाल भत्किएर शौचालयको सेप्टीट्ङमा क्षति पुगेको छ । अर्को बर्षा हुनेबेला कतै घरसम्मै कटानी हुने शाहलाई चिन्ता
छ ।

शाहको घरसंगै अर्का स्थानीय पदम सिह महता सहितका खेतबारी उच्च जोखिममा छ । तटबन्ध निर्माणका लागि तीन तहका सरकारलाई कुनै वास्ता छैन । जब नागरिक महाविपतीमा पर्छ, तब मात्रै सरकारको होस आउने भन्दै स्थानीयले अहिलेको वाढीबाट सरकारले थुप्रै पाठ सिकेर विपद् व्यवस्थापनका लागि प्रभावकारी पहल कदमी चाल्नुपर्नेमा जोडदिएका छन ।

भीमदत्त नगरपालिका ६की कावा अध्यक्ष देवकी भट्टले खोलाबाट शाहको पर्खाल भत्किएको विषयमा पुर्ननिर्माणका लागि पहल गर्ने बताईन । उनले आफुले शाहले भत्किएको पर्खाल अनुगमन गरेर पुर्ननिर्माणका लागि पहल गर्ने बताईन । कावा अध्यक्ष भट्टले भीनपा ६को विपद्बारे पालिका, प्रदेश र संघीय सरकारले हेनुपर्ने बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?