काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज पनि सुनुवाइ हुँदैछ । मंगलबार बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
मंगलबार लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि हेर्दाहेर्दैमा राखिएको र आज रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस गर्न बाँकी रहेको बताइएको छ ।
अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए । यहि रिटकाे सुनुवाइ विभिन्न चरणमा भइरहेकाे छ ।