रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । उपेन्द्र यादवले नेतृत्व गरेको जसपा नेपालका लुम्बिनी प्रदेशमा तीनजना सांसद रहेकोमा हाल यादवको समर्थनमा एकजना मात्र सांसद छन् भने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका दुई सांसद छ ।
जसपा नेपाल पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन् ।
उनी समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । प्रत्यक्षबाट सांसद बनेका दुई जना भने सरकारलाई समर्थन गरेका छन् । उनीहरु दुवै राई समूहमा छन् । संसदीय दलका नेता भण्डारीलाल अहिले कृषि मन्त्री रहेका छन् ।