२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

संघ र प्रदेशको सदस्य संख्या घटाउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघ र प्रदेशको सदस्य संख्या घटाउनुपर्ने बताउनुभएको छ ।

प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रदेश खारेज गरौँ भनेर सडक प्रदर्शन गर्नुको तुक नरहेको बताउँदै संविधान नै संशोधन गरेर संघ र प्रदेशका सांसदहरूको सङ्ख्या घटाउनुपर्ने बताउनुभयो । कम खर्चमा संसद् र सरकार चलाउन आवश्यक रहेको थापाको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ । प्रदेश अहिले अदालतले चलाएको छ । मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन् । सबै लगेर अदालतमा बुझाएका छन् । अब कसैलाई दोष दिए हुँदैन । प्रदेशको सन्दर्भमा कतिपय कुरा संविधानमा मिलेनछन्, त्यसो भए के गरौँ ? संशोधन गरौँ । त्यो गर्न एमालेसँग सल्लाह गरौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?