१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

नेपाल र श्रीलङ्काबीचको खेल वर्षाको कारण रद्द

काठमाडौं । आईसीसी टी २० विश्वकप २०२४ मा नेपाल र श्रीलङ्काबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।

मंगलबार राति देखि नै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो।

आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ। त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुबै टोलीले १–१ अंक बाँडेका हुन्।

जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल मात्रै रद्द भएको छ। अन्य २२ मध्य २१ खेलको नतिजा आएको थियो।

नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको थियो। उता श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बङ्गलादेशसँग २ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?