काठमाडौं। काठमाडौँ महानगरपालिकाले यही जेठ ३१ गते नगरसभा गर्ने भएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारका अनुसार यही जेठ ३१ गते नगरसभाको १५ अधिवेशन आह्वान भएको हो।
नगर कार्यपालिकाको ३२ औँ बैठकले जेठ ३१ गते दिउँसो १ बजे राष्ट्रिय सभागृहमा अधिवेशन गर्ने निर्णय गरेको परियारले जानकारी दिए ।