बीरगञ्ज : नेपाल कम्युनिष्ट पार्टी पर्सा जिल्ला समितिको आयोजनामा बिन्दबासिनी गाउँपालिका २ बहुआरबामा भएको सुकुम्बासी माथिको ज्यादती विरुद्ध प्रदर्शन भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय बीरगंज अगाडि नेकपाको अगुवाइमा प्रदर्शन भएको हो ।
केही दिन अगाडि लोजापाबाट निर्वाचित मेयर प्रमोद तिवारीको नेतृत्वको टिमले बहुअर्वामा रहेको साठी घर सुकुम्बासीमाथि डोजर चलाएइको थियो । त्यसैको बिरुद्दमा नेकपा नेता अनिल सी सहितको सहभागितामा प्रदर्शन भएको जनाइएको छ । नेता अनिलले सुकुम्बासी माथि भएको ज्यादती बारे घोर भर्त्सना गरेका हुन् । उनले पीडितलाई प्रतिरोधमा उत्रन आग्रह समेत गरेका छन् ।
बीरगञ्ज स्थित घण्टाघरबाट निस्केको र्याली वीरगञ्ज बजार परिक्रमा गरेर कोणसभामा परिणत भएको थियो
उक्त कार्यक्रमको सञ्चालन अखिल समाजवादीका केन्द्रिय सचिवालय सदस्य तथा नारायणी -मधेस प्रदेश इन्चार्ज लोकेश सी ले गरेका थिए । कार्यक्रममा कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सेक्रेटरी फिरोज सीले मैथिली भाषामा सम्बोधन गर्दै उक्त क्षेत्रका स्थानीयहरूलाई सरकारको रवैया विरुद्ध प्रतिरोध गर्न अपिल गरे ।
यस्तै कार्यक्रमका प्रमुख वक्ता अखिल (समाजवादी) का केन्द्रिय सचीव अटल सीले यो सरकार संविधानमा समाजवाद उन्मुख संविधान र व्यवहारमा गरिबको उत्पीडित समुदायको घर भत्काउने काम गरेको बताए ।
उनले अहिलेको युगमा मानिसको घर भत्काउने कार्य क्रुर र अमानवीय भएको भन्दै उक्त कार्यको विरुद्ध बोल्नका निम्ति सबै सरोकारवाला ,मानव अधिकारवादी ,र राजनीतिक दललाई अपिल समेत गरेका हुन् ।