वीरगञ्जको सुकुम्बाससीबस्तीलाई प्रतिरोधमा उत्रन नेकपा नेता अनिलको निर्देशन

वीरगन्ज। वीरगञ्जका सुकुम्बासीमाथि गरिएको ज्यादतीका विरुद्ध प्रतिरोधमा उत्रन नेपाल कम्युनिष्ट पार्टीका नेता अनिल सी ले आह्वान गरेका छन् । अनिलले उक्त सुकुम्बासीबस्तीको वैकल्पिक व्यवस्थापन बिना उठिबास ल्याउने काम गरिएको भन्दै त्यसको प्रतिरोधमा उत्रन निर्देशन दिएका हुन् ।

वीरगञ्ज महानगरपालिकासँग जोडिएको बिन्दाबासिनी गाउँपालिका २ बहु अर्वा गाउँमा बर्सातको नजिकै एक बिघा जमिनमा २०६२ सालदेखि बस्दै आएका ६० घरधुरीमा दलित ,धोबी ,सुनार ,माझी जस्ता उत्पिडित जातिहरु बसोबास गर्दै आएका छन् ।

१६ गते बेलुकी नेकपाका स्थायी समिति सदस्य अनिल सी, अखिल (समाजवादी) का केन्द्रिय सचिव तथा नारायणी-मधेस प्रदेश इन्चार्ज अटल सी,सह -इन्चार्ज लोकेश सी ,पर्सा जिल्ला सेक्रेटरी फिरोज सी लगायतको टिमले जनतालाई बस्तिमा नै पुगेर भेटेकोे बताईएको छ ।

मोहन्त ठाकुर नेतृत्वको लोजपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको नेतृत्वमा सुकुम्बासीहरू माथि दमनको षड्यन्त्र भइरहेको छ ।

तर त्यही बस्तीसँगै जोडिएको १४ बिघा जमिन त्यहाँका जमिन्दारहरूले भोकचलन आएको भए तापनि त्यहाँ गाउँपालिकाले कुनै वास्ता गरेको छैन ।

त्यसैगरी हुलास जस्ता पाताका साहु शरद गोल्छाले चार बिघा जग्गा कब्जा गरेर भोकचलन गर्दै आयको पनि बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?