२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन शीर्ष नेतृत्वको बैठक बालुवाटारमा

काठमाडौं। संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन शीर्ष नेतृत्वको बैठक बालुवाटारमा बसीरहेको छ । केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रतिपक्षी नेपाली कांग्रेसले उठाउँदै आएका मागका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने प्रयास जारी राखेका छन्। प्रधानमन्त्री दाहालले बालुवाटारस्थित निवासमा सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुसँग छलफल गरिरहेका छन् ।

छलफलमा सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरु समेत छन् ।

छलफलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजक समेत रहेका कानुन मन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् ।

यसैगरी नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन् ।

यसैगरी नेकपा माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे सहभागी छन्।रास्वपाबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने,स्वर्णिम वाग्ले लगायतका नेताहरु सहभागी छन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको नामै तोकेर संसदीय छानबिन समितिको कार्यादेश बनाउनुपर्ने अडान राख्दै आएको छ । त्यसमा सत्ता साझेदार दल नेकपा एमाले र रास्वपाको असहमति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?