बिनित कुमार तिरुवा
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल लाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य हिमशिखर सीको नेतृत्वमा पार्टीका नगरपालिका,गाउँ पालिका इन्चार्ज र जबस मोर्चाको ११ जना नेतृत्वहरुको उपस्थितिमा ४ बुदे प्रधानमन्त्रीलाई र जिल्लासंग संबंधित ३ बुदे गरि ७ बुदे माग सहित ज्ञापनपत्र बुझाएको हो ।
इन्चार्ज हिमशिखरले पढेको ज्ञापनपत्रलाई ध्यानपुर्बक सुनेका प्र.जि.अ.ले ज्ञापनपत्रलाई अगाडि बढाउने र जिल्लामा कार्यान्वयन गर्ने प्रतिबद्धता सहित ज्ञापनपत्र बुझेका छन् । उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी निरीक्षकको समेत उपस्थिति रहेको थियो ।















