बेलौरीका विद्यार्थीहरूलाई स्क्रयाबल खेलको बारेमा अभिमुखिकरण

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिकाका विद्यार्थीहरूलाई स्क्रयाबल खेलको बारेमा अभिमुखिकरण गरिएको छ ।

शनिबार सिद्ध बाबा एकेडेमीमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो । जसमा बेलौरी नगरपालिकाका १४ विद्यालयका ५५ जना विद्यार्थी सहभागी भएका थिए।

स्क्रयाबल क्लब नेपाल कञ्चनपुरले जिल्लामै पहिलोपटक सबै पालिकाहरूमा गएर विद्यार्थीहरूलाई अभिमुखिकरण गराउन लागेको हो। अभिमुखिकरण कार्यक्रमको सुरुवात शुक्रबार भीमदत्त नगरपालिका बाट गरिएको थियो।

विद्यार्थीहरूको सोच्ने क्षमता विकास गर्न तथा अन्तरराष्ट्रीय स्तरमै चर्चित खेल स्क्रयाबललाई विद्यार्थीहरूमाझ ल्याउने उद्देश्यले उक्त खेलको बारेमा विद्यार्थीहरूलाई अभिमुखिकरण गराइन लागेको स्क्रयाबल क्लब नेपाल कञ्चनपुरका संयोजक प्रजापति नेगीले बताएका छन्। सम्पूर्ण पालिकाहरूमा अभिमुखिकरण गराईसके पश्चात जिल्ला स्तरिय स्क्रयाबल प्रतियोगिता समेत आयोजना गरिने संयोजक नेगीको भनाई रहेको छ।

कार्यक्रममा नेपाल स्क्रयाबल क्लब सुदूरपश्चिमका संयोजक अपर्णा भट्ट मुख्य सहजकर्ताको भूमिकामा हुनुहुन्थ्यो भने अमेरिकन कर्नर धनगढीका कार्यक्रम संयोजक दिव्या बमको विशेष उपस्थिति रहेको थियो।

अमेरिकन कर्नर धनगढी र एसपिए स्पोर्टस क्लब धनगढीको सहयोगमा सिद्ध बाबा एकेडेमीले कार्यक्रमको आयोजना गरेको थियो। स्क्रयाबल क्लब नेपाल सुदूरपश्चिम प्रदेशले कार्यक्रममा सहजीकरण गरेको थियो। उक्त कार्यक्रममा छिमेकी देश भारतबाट सोनिया इन्टरनेशनल स्कुल समेत सहभागि भएको स्क्रयाबल क्लब नेपाल कञ्चनपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?