सिरोहिया अस्पताल भर्ना

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । प्रहरी हिरासतमा रहेका उनी उच्च रक्तचापका कारण अस्पताल भर्ना भएको बताइएको छ ।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवालेका अनुसार उच्च रक्तचापका कारण सिरोहियालाई काव्या अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो । सिरोहिया भर्ना भएको काव्या अस्पताल मधेश प्रदेशकै सुविधा सम्पन्न अस्पताल मानिन्छ । हिरासतमा बसाइ असहज भएपछि उनी अस्पतालमा भर्ना भएको बुझिएको छ ।

सुरुमा उनलाई प्रादेशिक अस्पताल लगिएको थियो । तर, त्यहाँबाट रेफर गरेपछि काव्या अस्पताल लगिएको धनुषा प्रहरीले जनाएको छ । स्वास्थ्यमा सुधार भएपछि पुनः हिरासतमा राखिने प्रहरीको भनाइ छ ।

धनुषा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै उनलाई पक्राउ गरिएको थियो । शुक्रबार अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पुनः तीन दिनको म्याद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?