भीमदत्त -११ मा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -११ मा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। भीमदत्त नगरपालिका -११ वडा कार्यालयको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। शिविरमा १५० जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

बिहीबार वडा कार्यालय परिसरमा भएको शिविरमा नाक, कान घाँटी, दन्त तथा मुख, स्त्रीरोग र जनरल फिजिसियन सेवा सहित सामान्य स्वास्थ्य जाँच समेत गरिएको भीमदत्त -११ का वडा अध्यक्ष प्रकाश थापाले जानकारी दिएका छन्। गर्मीको समयमा विभिन्न रोगहरू लाग्ने सम्भावना हुने हुँदा वडाका नागरिकहरूको स्वास्थ्य जाँच गराउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको उनको भनाई रहेको छ। साथै आगामी दिनमा पनि वडामा स्वास्थ्य सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्न तत्पर रहने उनले बताएका छन्।

उक्त शिविरमा महाकाली प्रादेशिक अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीहरूको सहभागिता थियो। साथै स्वास्थ्यमा समस्या देखिएकालाई चिकित्सकको सल्लाह बमोजिम नि:शुल्क औषधी समेत वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?