राज्य शक्तिको दुरुपयोग गरी आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सिरोहियाकोे आरोप

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले राज्य शक्तिको दुरुपयोग गरी आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको आरोप लगाएका छन् ।

नागरिकता विवादमा मंगलबार जिल्ला अदालत धनुषाले उनीविरुद्धद्ध पक्राउ पुर्जी जारी गरेपछि सिरोहियाले विज्ञप्ति जारी गर्दै सहकारी ठगीबारे कान्तिपुरमा आएको समाचार शृंखला रोक्न आफूप्रति प्रतिशोध साँधिएको जिकिर गरेका हुन् ।

‘कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार म छु’, उनले भनेका छन्। तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन’, उनले विज्ञप्तिमा भनेका छन्, ‘कान्तिपुरको समाचार रोकाउन,ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैँ उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन। यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?