८ जेष्ठ २०८२, बिहिबार
८ जेष्ठ २०८२, बिहिबार

सभामुखले प्रचण्ड र ओली संग संसद अवरोधबारे छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको गतिरोध हटाउने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली छलफल गर्ने भएका छन् । सभामुख घिमिरेले अहिले दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीसँग संयुक्त छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रमुख प्रीतपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय समितिको माग गर्दै सदन अवरोध गर्दै आएको छ ।

आजै समय मिलेमा सभामुखले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्न सक्ने बताइएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुसँग छmलफल गरेका थिए । सो क्रममा समिति गठन गर्न प्रधानमन्त्री सकरात्मक रहेको कांग्रेसले जनाएको छ ।

बैठकपछि संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत भएको भन्दै फेरि छलफलमा बस्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

यता, गृहमन्त्री लामिछानेले भने आफूमाथि लागेको आरोपको सदनबाट बोल्न नपाएसम्म समितिको पक्षमा नउभिने अडान राख्दै आएका छन् । प्रमुख सत्ता साझेदार दल एमाले अध्यक्ष ओली पनि छानविन समिति गठन गर्ने पक्षमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?