प्रहरीलाई कुटपिट गरी भागेका युवक पक्राऊ

काभ्रे । काभ्रेमा नगर प्रहरीलाई कुटपिट गरेर भागेका एक युवक ६ दिनपछि पक्राउ परेका छन्। कुटपिट गरेर फरार रहेका पाँचखाल-८ का २३ वर्षीय सुरज काफ्लेलाई घटनाको ६ दिनपछि पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो।

बनेपा नगरपालिका-७ स्थित चारदोबाटो चोक नजिक अरनिको राजमार्गमा गएको वैशाख २५ गते नगर प्रहरीमाथि कुटपिट भएको थियो। कुटपिटमा संलग्न तीन महिला र एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले त्यतिबेलै पक्राउ गरेको थियो।

उनलाई अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको काभ्रेका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

त्यतिबेला नगर प्रहरीमाथि कुटपिट र झैझगडा भएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएपछि प्रहरीले अनुसन्धान गरेको छ।

बनेपा नगरपालिकाको उजुरीका आधारमा घटनामा संलग्नहरुलाई मुलुकी अपराध सहिताको दफा ११८ को कसुरअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले यसअघि नै घटनामा संलग्न भएको आरोपमा काभ्रेको नमोबुद्ध नगरपालिका- १ घर भएका २६ वर्षीय कृष्ण मानन्धर, सोही ठाउँकी ५० वर्षीया राममाया मानन्धर, ४० वर्षीया रोजिना मानन्धर र बनेपा-७ की ४० वर्षीया खड्गमाया श्रेष्ठलाई पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?