२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

जसपा फुटेपछि विप्लवले भने, ‘पार्टी फुट्नु दु:खद, समाजवादी माेर्चालाई भत्किन दिनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनता समाजवादी पार्टी, नेपाल फुट्नु दु:खद भएकाे प्रतिक्रिया दिएका छन् । उपेन्द्र यादव नेतृत्वकाे जसपा फुट्नुमा साम्राज्यवादकाे हात रहेकाे बताउँदै याे निकै दु:खद भएकाे प्रतिक्रिया दिएका हुन् ।

मंगलबार नेकपा मधेस प्रदेशमा पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान उद्घाटन गर्दै विप्लवले समाजवादी माेर्च भने भत्किन नहुने बताए । समाजवादी माेर्चाका संयाेजकसमेत रहेका विप्लवले उपेन्द्र यादव नेपाल फर्किए लगत्तै माेर्चाकाे बैठक बस्दै यसलाई भत्किन नदिने उद्घाेष गरे ।
विप्लवले समाजवादी माेर्चाले गति लिन खाेज्दा केही समस्या उत्पन्न भएकाे बताए ‌। माेर्चामा भर्खरै बनेकाे अशाेक राई नेतृत्वकाे पार्टीलाई पनि ल्याउनेबारे पनि फलफल गर्न सकिने बताए ।

महाेत्तरीकाे बर्दिबासमा अभियान उद्घाटनसँगै राजनीतिक वैचारिक प्रशिक्षक कार्यक्रम पनि भएकाे थियाे । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीकाे अध्यक्षता रहेकाे थियाे । कार्यक्रममा उपस्थित सबैलाई नेकपा केन्द्रीय सदस्य रामकुमार सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए भने कार्यक्रमको संचालन पवन सीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?