१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

रन्जिताले स्वार्थी मान्छेको कुरा सुनेको भन्दै रेशम को गुनासो

काठमाण्डौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापन रेशम चौधरीले सोझी र अन्जान रन्जिता श्रेष्ठले स्वार्थी मान्छेको कुरा सुनेको भन्दै गुनासो गरेका छन् ।

सनिवार सामाजिक सञ्जालमा एक स्टाटस लख्दै केही स्वार्थी मान्छे आफ्नो र रन्जिताको सम्बन्ध र पार्टीलाई सिद्ध्याउने खेलमा लागेको बताएका हुन् । रन्जिता नाउपा अध्यक्ष तथा रेशमकी श्रीमतीसमेत हुन् ।

‘मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर, तिमीले बुझेनौं तिमी सोझी र अन्जान छ्यौं तर, मुडी छ्यौं भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए । शान्त तलाउमा ढुंगा हानेर तरंगित बनाउनेहरू सबको पहिचान छ । कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ ।’, उनले लेखेका छन् ।

कैलालीबाट रञ्जितालाई भेट्न आफू काठमाण्डु आउन लागेको उनले जानकारी दिएका छन् । तर, केही स्वार्थी समूहले आफूहरूबीचको संवाद रोक्ने प्रयास गरिरहेको उनले बताए ।

‘अहिले म काठमाण्डुमा केवल तिमी भेट्ने उद्देश्यले मात्रै आउँदैछु । केवल २ जनाको मात्रै वार्तालाप होस् । एक आपसमा मन माझौँ । मिल्दा पनि मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ । हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ । यसैमा दुवैको भलाई छ र पार्टीको कल्याण पनि ।’, उनले भनेका छन् ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयबाट शुरू भएको नाउपाभित्रको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?