८ जेष्ठ २०८२, बिहिबार
८ जेष्ठ २०८२, बिहिबार

डा. रुइतको जीवनी पढ्न पाउने भए कक्षा १० का विद्यार्थी

पर्वत : कक्षा १० को अनिवार्य नेपाली विषयमा डा. सन्दुक रुइतको जीवनी थप भएको छ। पाठ्यपुस्तकमा १६ ओटा पाठ रहेको चालु शैक्षिक सत्र २०८१ देखि एक राष्ट्रिय जीवनी थप गरेर १७ ओटा पाठ बनाइएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले सूचनामार्फत जानकारी गराएका छन्।

पाठ्यक्रमले तोकेको १६० कार्य घण्टामा नै पठनपाठन गराउने गरी पाठ्यक्रममा कार्य घण्टा समायोजन गरिएको पनि सूचनामा उल्लेख छ। समायोजन भएको पाठ्यक्रम र पाठ्यपुस्तक समेत पाठ्यक्रम विकास केन्द्रको वेब साइटमा राखिएको छ।
थपिएको जीवनी र समायोजन भएको कार्य घण्टालाई कार्यान्वयन गर्नका लागि केन्द्रले ७७ ओटै जिल्लाका विद्यालयहरूलाई निर्देशन पनि दिएको छ।

नेपाललाई विश्वसामु चिनाउने नेपालका गौरवहरूमध्ये एक डा. रुइत पनि हुन्। वि.सं. २०११ साल भदौ १९ गतेका दिन ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका रुइत आँखा सम्बन्धी विश्वमा नै प्रख्यात चिकित्सक हुन्। ताप्लेजुङ सदरमुकामबाट चार दिन हिँडेपछि मात्रै पुग्न सकिने दुर्गम गाउँमा जन्मिएका उनी विश्व विख्यात सरल र कम लागतमा मोतीबिन्दुको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’ का सुरुवातकर्ता हुन्।

यही चिकित्सा पद्धति अहिले नेपाली प्रविधिको रूपमा विश्वभर चर्चित छ। त्यति मात्रै नभएर पछिल्लो समय अन्तरिक्षमा पठाउन लागेको उल्काको नामसमेत डा. रुइतको नामबाट राख्दा उनी धर्तीदेखि आकाशसम्म नै चर्चित भएको थपिएको पाठ्यपुस्तकमा उल्लेख छ।

थपिएको डा. रुइतको जीवनी सहित कक्षा १० को अनिवार्य नेपालीमा अब जीवनीको सङ्ख्या तीन पुगेको छ। यसअघि लक्ष्मीप्रसाद देवकोटा र पाउलो पिकासोको जीवनी समावेश थियो। पाठ्यपुस्तकमा अन्य विधाअन्तर्गत तीन ओटा कविता, चार ओटा कथा, तीन ओटा निबन्ध, एउटा मनोवाद, एउटा वादविवाद, एउटा चिठी र एउटा एकाङ्की राखिएका छन्। – थाहा खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?