६ जेष्ठ २०८१, आइतवार
६ जेष्ठ २०८१, आइतवार

सामुदायिक विद्यालय खारेज गर्ने काम रोक्न अखिल समाजवादीको माग

कञ्चनपुर : नेकपा निकट अखिल समाजवादी कञ्चनपुर जिल्ला समितिले सामुदायिक विद्यालय खारेज गर्ने काम रोक्न माग गरेको छ ।

आइतबार एक विज्ञप्ति सार्बजनिक गर्दै अखिल समाजवादीले मर्ज र डाउन साइजको नाउँमा सामुदायिक विद्यालयहरु खारेज गर्ने कार्यहरु भैरहेको हुँदा उक्त काम तत्काल रोक्न माग गरेको हो ।

उक्त विज्ञप्ति मार्फत “विद्यालयहरू सम्बन्धित अभिभावक, विद्यालय व्यवस्थापन समिति , शिक्षकहरु संग परामर्श नै नगरि भूगोलको आवश्यक्ता समुदायको समस्या जनताको चाहना र विध्यार्थी एवम् अभिभावकहरुको चाहनाको वेवास्था गर्दै सर्वपक्षीय छलफल विना मर्ज र डाउन साइजको नाउँमा सामुदायिक विद्यालयहरु खारेज गर्ने कार्यहरु भैरहेको हुँदा त्यसलाई तत्काल रोक्न र छलफलमा ल्याउन अपिल गर्दै आफ्नो माग पुरा नभए संघर्स का कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिइएको छ ।

विज्ञप्तिकोे पुर्ण पाठ:

नेपालको शिक्षा प्रणालीमा आमुल रुपान्तरणका लागि हाम्रो गौरवशाली संगठन निरन्तर संघर्षरत छ । शिक्षा क्षेत्रमा भइरहेको दलालिकरण , भ्रस्टीकरण र माफियाकरणको विरुद्धमा हाम्रो संगठन अखिल ‘समाजवादी’ निरन्तर त्याग र बलिदानी को कोटा चुक्ता गर्दै सडक बाहक को रुपमा अग्र पतीमा आफ्नो स्थान कायम राख्न सफल भएको कुरा सर्वविधित नै छ । नेपालका मुट्ठी भर दलाल र स्वार्थ मा लिप्त भएका शैक्षिक माफियाहरुले नेपालका लाखौं विद्यार्थीहरुको भविष्य माथी खेलबाड गरि अन्धकार तिर धकेली राखेका छन् र दसकौ देखि बिद्यमान अव्यावहारिक शिक्षा प्रणालीका विरुद्धमा हाम्रो संगठन निरन्तर संघर्समा रहेको कुरा अवगत गराउन चाहन्छौ ।

शिक्षा पाउनु नागरिकको नैसर्गिक अधिकार हो। प्रविधि र संचार को विकास र बढ्दो जनसंख्या संगै विद्यालयहरुको वृद्धि र विकास आजको आवश्यक्ता हो। नयाँ शैक्षिक सत्र २०८१ को सुरुआत संगै नतिजा प्रकासन भइ भर्ना अभियान समेत चलिरहेको अवस्थामा कञ्चनपुरका केहि पालिकाहरूमा विद्यार्थी एवम् अभिभावकहरूमा त्रासमय वातावरण सिर्जना गर्ने कार्य प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भाएको छ । जनताले खुन पसिना बगाइ निर्माण एवम् स्थापित गरेका विद्यालयहरू सम्बन्धित अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षकहरु संग परामर्श नै नगरि भूगोलको आवश्यक्ता समुदायको समस्या जनताको चाहना र विध्यार्थी एवम् अभिभावकहरुको चाहनाको वेवास्था गर्दै सर्वपक्षीय छलफल विना मर्ज र डाउन साइजको नाउँमा सामुदायिक विद्यालयहरु खारेज गर्ने कार्यहरु तत्काल रोक्न र छलफलमा ल्याउन अपिल गर्न चाहाछौ। अन्यथा हामी संघर्स का कार्यक्रम घोषणा गर्न बाध्य हुने छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?