१ बैशाख २०८१, शनिबार
१ बैशाख २०८१, शनिबार

सिता सामुदायिक वनमा डडेलो नियन्त्रणका लागि वनमा अग्नी रेखा निर्माण

कञ्चनपुर, १८ चैत्र : सुख्खायाममा वन क्षेत्रमा आगलागी, डडेलो जस्ता जोखिम नियन्त्रणका लागि कञ्चनपुरका सामुदायिक वनहरुमा प्रयास थालिएका छन । जिल्लाका विभिन्न सामुदायिक वनहरुले डडेलो जोखिम न्यूनिकरणका लागि केही प्रयास थालिएका हुन ।
कृष्णपुर नगरपालिका ९ राजघाटको सिता सामुदायिक वन उपभोक्ता समुहले समेत सामुदायिक वनमा अग्नी रेखा निर्माण गरेको छ । सिता सामुदायिक वनले चैत्र दोस्रो सातादेखि वनभित्र अग्नी रेखा निर्माण गरिरहेको जनाएको छ । सिता सामुदायिक वन उपोक्ता समुहका अध्यक्ष पुनाराम चौधरीले सुख्खायामको मौषमसंगै वनमा लाग्नसक्ने डडेलो लाग्नै नदिने लागेपनि नियन्त्रित डडेलोका लागि अग्नी रेखा निर्माण गरिएको बताए ।

अध्यक्ष चौधरीका अनुसार झण्डै १० विगाह क्षेत्रफलमा अग्नी रेखा निर्माण गरिएको छ । ‘यो सुख्खा मौषमका बेला पातपतिङगर झरेर आगलागीको जोखिम बढाउने गरेको छ, ‘उनले भने, ‘हामीले वनको आगो वनमै नियन्त्रण र बस्तीसम्म थप वनभित्र पनि क्षति हुन नदिने कामकाज अघि बढाएका छौँ ।’ सिता सामुदायिक वनका अध्यक्ष चौधरीका अनुसार वनभित्र चोरी शिकारी गर्ने गिरोह, बटुवाको समान्य त्रृटीले वनमा रहेका जिवजन्तु, स–साना बिरुवाको क्षतिदेखि वनको डडेलो सल्किएर गाँउबस्तीमा पुग्ने जोखिम मध्य नजर गर्दै विभिन्न ब्लकमा अग्नी रेखा निर्माण गरिएको छ ।
विगतका बर्षहरुमा समेत सिता सामुदायिक वनले अग्नी रेखा निर्माण गरेकै कारण जोखिम समेत घटाएको उनले बताए । ‘हामी समुदायिक वनका पदाधिकारी, सदस्य, उपभोक्ता सहित स्थानीय नै खटिएर अग्नी रेखा निर्माण कार्यमा जुटेका छौँ, ‘आगलागी डडेलो जस्ता जोखिमबाट हुनसक्ने क्षतिको पुर्व तयारी गर्न लागेको हौँ ।’ सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवराज पन्तले समयमै सामुदायिक वनहरुले अग्नी रेखा निर्माण गरेर आगलागीबाट जोखिम न्यूनिकरण घटाउने प्रयास भईरहेको बताए । सिता सामुदायिक वन जस्तै कृष्णपुर नगर सहित जिल्लाभरीका थप सामुदायिक वनहरुले समेत अग्नी रेखा निर्माण गर्नुपर्ने डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?