२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

भीमदत्त नगरपालिकामा कानूनी सचेतना कार्यक्रम सम्पन्न

कञ्चनपुर ,फागुन २३ : कञ्चनपुरको भीमदत्त नगरपालिकामा न्यायिक सचेतना सम्बन्धी कार्यक्रम आज समापन भएको छ । नगरपालिकाको न्यायिक समिति द्वारा आयोजित दस दिने न्यायिक निरुपण तथा मेलमिलाप सम्बन्धी कानूनी सचेतना अभिमुखीकरण तालिमको बुधबार समापन भएको हो ।

वडा नं १५ का अध्यक्ष भुवन प्रसाद भट्टको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भीमदत्त नगरपालिकाकी उप प्रमुख तथा न्यायिक समिति संयोजक निलम लेखक जोशीले स्थानीय तहमा आउने विवाद निरोपण गर्नका लागि कानूनी सचेतना तालिमले सकारात्मक भूमिका खेल्ने बताएकी छिन् । उनले कार्यक्रममा बोल्दै कानूनी अज्ञानताका कारण विवाद समाधान गर्न चुनौती रहेको र यस तालिमले त्यो समस्या हट्ने विश्वास व्यक्त गरिन् । वडा वडामा न्याय निरोपण गर्न पूर्वाधारको व्यवस्था गरिने तथा मेलमिलापकर्तालाई पनि सक्रिय बनाउनुपर्नेमा उनले जोड दिइन् । आफूले सिकेका कुराहरूलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन् ।

नगर तथा वडा बासीलाई कानूनी जटिलताको प्रश्नमा कसरी न्याय सम्पादन गरिन्छ ? त्यसको प्रक्रिया र न्यायिक समितिमा सहज पहुँच विस्तार गर्न यो कानूनी सचेतना कार्यक्रम गरिएको नगरपालिका न्यायिक समिति सदस्य नर बहादुर साउदले बताए ।

भीमदत्त नगरपालिकाको वडा नं ३ र १५ का मेलमिलापकर्ता सहितको सहभागितामा संयुक्त रुपमा कानूनी सचेतना कार्यक्रम गरिएको थियो । र यो सँगै भीमदत्त नगरपालिकाले १ देखि १९ सबै वडामा मेलमिलाप कर्ता र सहजकर्ता लाइ तालिम दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?