८ जेष्ठ २०८२, बिहिबार
८ जेष्ठ २०८२, बिहिबार

नयाँ समीकरणको उद्देश्य स्पष्ट नहुञ्‍जेल एकीकृत समाजवादी ‘ पर्ख र हेर’ को अवस्थामा

काठमाडौं । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले नयाँ सत्ता समीकरणको उद्देश्य स्पष्ट नहुन्जेल आफ्नो पार्टीले कुनै प्रतिक्रिया नजनाउने बताएका छन् । उनले नयाँ सत्ता समीकरणको गुण-दोषका आधारमा नेकपा एकीकृत समाजवादीले आफ्ना धारणाहरू सार्वजनिक गरेका हुन् । ‘

नेकपा एकीकृत समाजवादीले नयाँ सत्ता समीकरणको उद्देश्य स्पष्ट नहुन्जेल ‘पर्ख र हेर’ को अवस्थामा रहने निर्णय गरेको छ। सोमबार दिउँसो पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले पछिल्लो समय गठबन्धन टुट्नेगरी प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य,प्रक्रिया र संरचना प्रष्ट भएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो।

नेकपा एकीकृत समावादीका सम्मानित नेता झलनाथ खनालले नयाँ गठबन्धनमा तत्काल सामेल नहुने उल्लेख गरे। ‘अहिले हामी ‘वेट एण्ड सी ‘को अवस्थामा छौं। नयाँ गठबन्धनका नीति तथा कार्यक्रम प्रष्ट भएपछि मात्रै अन्तिम धारणा सार्वजनिक गर्नेछौं।’

प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमाले, माओवादी,रास्वपा,जसपालगायत राजनीतिक दलहरू लिएर नयाँ सत्ता समीकरण गठन गरेका छन्। प्रधानमन्त्री दाहालले तीनजना मन्त्री थपेर मन्त्रिमण्डल पुनर्गठन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?