६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

लगानी प्रवर्द्धनमा जनप्रतिनिधिको भूमिका बारे कञ्चनपुरमा अन्तर्क्रिया

कञ्चनपुर , फागुन २० : कञ्चनपुरमा लगानी प्रवद्र्धन गर्न प्रदेश र स्थानीय तह तथा सरोकारवाला निकायको भूमिकाबारे अन्तरकृया सम्पन्न भएको छ । जिल्लाको महेन्द्रनगरमा लगानी प्रवद्र्धन गर्न सरोकारवाला निकायको उपस्थितिमा अन्तरकृया तथा गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेयर भोजराज बोहोराले सुदुरपश्चिम प्रदेश र कञ्चनपुर जिल्लामा नै लगानी गर्ने थुप्रै क्षेत्र रहेको जिकिर गरे । कानूनी अस्पष्टता , असहज भौगोलीक बनावट, राज्यको उदासिनता, जनताको चेतनाको कमी जस्ता कारणले सुदुरपश्चिम प्रदेश र कञ्चनपुर जिल्लामा लगानी गर्न चुनौती रहेको मेयर बोहोराले बताए । उनले भने , “ यहाँ सम्भावना धेरै छन् र यी सम्भावनाको स्पष्ट आधार पहिचान गरी नीतिगत व्यवस्था गरी विकास र समृद्धिका लागि सबै मिलेर अघि बढ्नु जरुरी छ ।”

सुदुरपश्चिम प्रदेशभर र स्थानीय तहमा आर्थिक विकास र लगानी प्रवर्द्धनको वातावरण सृजना गर्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको बताए । स्थानीय तहमा र प्रदेशमा लगानीको सम्भावना र चुनौती सम्बन्धमा वास्तविकताको पहिचान गरी प्रतिवेदन तयार गर्न कार्यक्रम गरिएको कार्यक्रमका संयोजक शिवराज भट्टले बताए । उनले भट्टले भने ,“ प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनका लागि यसरी गरिएका गोष्ठीबाट आएका सुझावहरु सहित प्रदेश सरकारलाई बुझाउने योजना छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले जिल्लामा उद्योग र व्यवसाय मैत्री वातावरण रहेको बताए । उनका अनुसार कञ्चनपुरको समग्र व्यवसायीक स्थितिमा सुधार गर्न लगानीको आबस्यकता रहेको बताए । जिल्लामा पर्यटन, उद्योग , कृषि र पूर्वाधारको सम्भावना रहेको उनको भनाइ छ ।

वर्तमान स्थितिमा समग्रमा सुदुरपश्चिम प्रदेशको लगानी दर १ प्रतिशत भन्दा कम रहेको प्रतिवेदनले देखाएको छ । युरोपियन युनियन ट्रेड नेपाल र लगानी कार्यक्रम (EU-TIP) को आयोजनामा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको अध्यक्षतामा र बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहोराको प्रमुख आथित्यतामा र ईयुटीआईपी कार्यक्रम प्रमुख शिवराज भट्ट अन्य सरोकारवाला निकाय सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?