१ बैशाख २०८१, शनिबार
१ बैशाख २०८१, शनिबार

१४ वर्षीय शालिनको बलात्कारपछि हत्या भएको परिवारकाे दाबी

काठमाडौँ । १४ वर्षीय शालिनको बलात्कारपछि हत्या भएको परिवारले दाबी गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सालिनका बुवाले उक्त कुरा बताएक हुन् ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्ययनरत आफ्नी छोरी शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएको उनले बताए । त्यहाँको वस्तुस्थिति हेर्दा उक्त घटना आत्महत्या नभएर बलात्कारपछि हत्या भएको उनको दाबी छ ।

सम्मेलन गर्दै उनले भने, ‘लास झुन्डिएको अवस्था र त्यहाँका वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुन्डिएर आत्महत्या गरेको भन्ने दाबी अस्वाभाविक र अपत्यारिलो देखिन्थ्यो ।’ घटनापछि सो विद्यालयमा गई मृत्युको सम्बन्धमा छलफल गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालिनकी रुममेट, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिसमेतलाई बोलाई छलफलपछि मात्र मुचुल्का गरौँभन्दा प्रहरीले स्कुल परिसरभित्रै आफ्ना भाइ हरि पोखरेललाई निर्घात कुटपिट गरेको मृतकका बाबु दीपेन्द्रले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?