५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

माइती नेपाल कञ्चनपुरद्वारा १२७ जनाको पारिवारिक पुनर्मिलन, २५ जनाको भारतबाट उद्दार

कञ्चनपुर, १७ फागुन : माइती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि गरेको कार्यसूची सार्वजनिक गरेको छ । गत वर्ष २०२३ को जनवरी देखि डिसेम्बर सम्मको कार्यप्रगति विवरण बिहीबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको हो ।

गत वर्षमा कञ्चनपुरको सीमा क्षेत्रमा मात्रै ११८ जनालाई बेचबिखनको जोखिमबाट बचाएको छ । माइती नेपाल कञ्चनपुरको उक्त विवरण अनुसार कञ्चनपुरको सीमानाका गड्डाचौकीबाट ९५ जना , झोलुङ्गे बाट २३ जना रहेका छन् । जसमा ८७ जना मात्रै सुदुरपश्चिम प्रदेशका नागरिक छन् भने ४७ जना बालबालिका छन् ।

प्रतिवेदन अनुसार एक बर्षको अवधिमा माईती नेपाल कञ्चनपुरले भारतका विभिन्न स्थानबाट बेचिएका २५ महिला तथा बालिकाको उद्दार गरेको हो । जसमा भारतको पुना ६, मुम्बई÷हिमाञ्चल ४÷४, साग्ली÷दिल्ली ३÷३, पञ्जाव÷पिथौरागढ २÷२ र गुजरातबाट १ जनाको उद्दार गरिएको छ ।

माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बेचिएका नेपाली महिलाको रेडलाईट एरियाबाट उद्दार गरिएको बताईन । ‘विभिन्न प्रलोभन पारेर मानव तस्कर समुहले महिला तथा बालिका, किशोरीलाई यहाँबाट भारतमा लग्ने र त्यहाँ रेडलाईट एसियादेखि विभिन्न कोठिमा बेच्दै आएका छन, ‘उनले भने, ‘घर परिवारले दिएको निवेदन, उजुरीका आधारमा हामीले बेचिएकी छोरीचेलीको उद्दार गरेर घर परिवारको जिम्मा लगाएका छौँ ।’ जोखिम मोलेर भारतमा बेचिएका अधिकाँस महिला भैरबाह नाका भएर भारत पुगेको केही महिला अन्य नाकाबाट समेत गएको पाईएको संयोजक भट्टले बताईन ।

माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले मानव बेचबिखन रोकथामका लागि गड्डाचौकी र दोधाराचाँदनी झोलुङ्गेपुल नाकाबाट २४हजार, १सय ९३जनालाई परामर्स दिईएको बताईन ।सीमा क्षेत्रमा ४हजार ५सय ३३ सवारी साधन चेकजाँच गरेर १सय २७को पारिवारिक पुनर्मिलन गरिएको छ ।बर्षदिनको अवधिमा १सय ७१निवेदन खोजतलासका लागि परेका र जसमध्ये ५३ कञ्चनपुर २१ भीमदत्त नगरपालिकाकै रहेका र ४९जना भेटिएका छन । घरेलु हिन्सा तर्फ ३२ निवेदन मध्ये १९ समाधान गरिएका छन । ‘कार्यालयमा दर्ता भएका र अन्य पीडित परिवारबाट आएको सुचनाका आधारमा जोखिमामा परेका मानिसको उद्दार गर्दै परिवारको जिम्मा लगाउँदै आएका छौँ, ‘माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले भनिन, ‘हिन्सा अन्य जोखिममा परेका महिलालाई पुर्नस्थापना गृहमा राखेर सीपमुलक तालिमका लागि पठाउँछौँ ।’ मानव बेचबिखन रोकथामका लागि नजिककै व्यक्ति आफन्तबाट हुने, स्वयम जोखिममा परेका व्यक्तिबाट झुटा विवरण पेश हुने मानव तस्करले नयाँ नयाँ तरिका अपनाउने र प्रविधिकीको दुरुपयोगले मानव बेचबिखन रोकथामका लागि चुनौती थपिदै गएको संयोजक भट्टले बताईन ।

मानव बेचबिखन रोकथामका लागि माईती नेपालले सीमा क्षेत्रमा संस्कापद व्यक्तिमाथि सोधपुछ गरेर उद्दार गर्दै आएको, बेचबिखनको जोखिममा परेका व्यक्तिलाई नेपाल भारतका सुरक्षाकर्मीको सहयोगमा उद्दार गर्दै आएको माईती नेपालका संयोजक भट्टले बताईन । गरिबी, बेरोजगारी, खुला सीम नाका मोबाईल फोन, समाजिक सञ्जालको दुरुपयोग, घरेलु हिन्सा, देखाखिकी, नक्कली कागजात प्रयोग, आफ्नै घरपरिवार, साथिभाई, सीमापार गराउन चिनजान एव जानेकै मान्छेको प्रयोगले मानव बेचबिखनका घटना नरोकिएको संयोजक भट्टले बताईन ।

उनले मानव बेचबिखन रोकथामका लागि सीमावर्ती क्षेत्रमा सचेतनामुलक कार्यक्रम संचालन, किशोर,किशोरीलाई विद्यालय स्तरमा अनुशिक्षण, नेपाल भारत दुवै देशका सरोकारवालासंग छलफ गर्दैै सुरक्षात्मक समुदायका सचेतना, समन्वय सहकार्य तथा सहयोग कार्यक्तम मार्फत बेचबिखन रोकथामका लागि प्रयास भईरहेका छन ।

मानव बेचविखनको श्रृङखला नियन्त्रण गर्नका लागि सबै सरोकारवाला निकायले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने समेत भट्टले भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?