१ बैशाख २०८१, शनिबार
१ बैशाख २०८१, शनिबार

दार्चुलाकी नर्सिङ्ग अधिकृत बबिता विष्ट पुरस्कृत

कञ्चनपुर, फागुन १५ : सुदूरपश्चिम प्रदेशकी नर्सिङ्ग अधिकृत बबिता विष्ट पुरस्कृत भएकी छिन । जिल्ला दार्चुला अस्पतालमा कार्यरत अस्पताल नर्सिङ्ग अधिकृत विष्ट पुरस्कृत भएकी हुन । विष्ट नेपाल भरीकै स्वास्थ्यकर्मी मध्येबाट उत्कृष्ठ सेवा गरे बाफत पुरस्कृत भएकी छिन ।

मंगलबार स्वास्थ्य दिवसको अवसरमा नर्सिङ्ग अधिकृत विष्टलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्मान तथा पुरस्कृत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले नगद, प्रमाण पत्र तथा दोसल्ला ओढाएर नर्सिङ्ग अधिकृत विष्टलाई पुरस्कार हस्तान्तरण गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पुरस्कृत भएकी नर्सिङ्ग अधिकृत विष्टले सरकारले कामको मुल्याङ्गकन गरेको भन्दै खुुसी व्यक्त गरेकी थिए । उनले मनोबल बृद्धि भएको छ , थप जिम्मेबारी बोध भएको बताउँदै स्वास्थ्य क्षेत्रमा थप जिम्मेबारी थपिएको अनुभव व्यक्त गरिन । केही बर्ष अघि महाकाली अस्पतालमा कार्यरत हुँदा पनि नसिङ्ग अधिकृत विष्टले उत्कृष्ठ कार्य सम्पादन गरेकी थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?