कैलाली : कैलालीको लम्कीचुहाँमा १७ बर्षिया नाबालकले सुस्त मनस्थिति भएकी २५ बर्षिया युवतीमाथि बलात्कार गरेको आरोप लागेको छ । नाबालक युवकलाई जिल्लाको लम्कीचुहा नगरपालिका-१ का रहेका छन् ।
प्रहरी स्रोतका अनुसार २५ वर्षीया स्थानीय युवतीमाथि ती नाबालकले करणी गरेको स्वीकारेको बताइएको छ । करणी गरेको युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक भएको हो। करणी गर्ने नाबालकलाई हिजै जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा राखिएको छ। यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।