बैजनाथ ईन्जिनियरिङ्ग कलेजद्वारा विद्यार्थीको स्वागत एव विदाई

कञ्चनपुर, फागुन १५ : कञ्चनपुरको बैजनाथ ईन्जिनियरिङ्ग कलेजले नव आगन्तुक विद्यार्थीको स्वागत एव पुराना विद्यार्थीको विदाई गरेको छ । भीमदत्त नगरपालिका २ उल्टाखाम महेन्द्रनगरको बैजनाथ ईन्जिनियरिङ्ग कलेजले नव आगन्तुक विद्यार्थीको स्वागत एव पुराना विद्यार्थीको विदाई गरेको हो ।

सोमबार एक भव्य कार्यक्रमका विच महेन्द्रनगरमा बैजनाथ ईन्जिनियरिङ्ग कलेजले फष्ट सेमेष्टरका विद्यार्थीको स्वागत र छैटौँ विद्यार्थीको विदाई गरेको छ । बैजनाथ ईन्जिनियरिङ्ग कलेजका अध्यक्ष नन्दलाल चटौतले कलेजमा आउने नयाँ विद्यार्थीको स्वागत एव अध्ययन सकेर जाने विद्यार्थीको संगसंगै स्वागत एव विदाई गरिएको बताए । अधिवक्ता समेत रहेका कलेजका अध्यक्ष चटौतले विद्यालयका तर्फबाट नियमित गरिने कार्यक्रम गरिएको बताए । अध्यक्ष चटौतले आगामीमा दिनमा स्नातक तहकै प्राविधिक धारको शिक्षा कार्यक्रम संचालनको योजना रहेको बताए । कार्यक्रममा नयाँ र पुराना विद्यार्थीले विभिन्न नृत्य सहित साँस्कृतिक कार्यक्तम प्रस्तुत गरेका थिए । विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
बैजनाथ ईन्जिनियरिङ्ग कलेजका अध्यक्ष नन्दलाल चटौतको अध्यक्षतामा भएको कार्यक्रममा सुप विश्वविद्यालयका पुर्व डीन प्राडा टेकराज पन्त प्रमुख अथिति रहेका थिए, भने नेपाल बार काउन्सिलका सदस्य अधिवक्ता प्रकास पाण्डेय, टिभीटुडेका प्रबन्ध निर्देशक जनकराज पन्त, सल्लाहकारद्वय मोहनदेव पन्त, कर्ण बहादुर चन्द सहितका अतिथि रहेका थिए । शिक्षक धुव्रराज अवस्थीले संचालन गरेको कार्यक्रममा विभिन्न शिक्षा क्षेत्रका व्यक्तित्व एव विद्यार्थीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?