अभिनन्दनका लागि ताम्रपत्र तयार तर प्रसाईंको कार्यक्रममा पूर्वराजा नजाने

काठमाडौं । राजसंस्था फर्काउने अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ अभियानमा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी नहुने भएका छन् ।

अभियानको वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौँमा अभिनन्दन गर्ने भन्दै अभियानले निम्तो दिएको भए पनि पूर्वराजा शाह त्यसमा सहभागी नहुने भएका हुन् ।

प्रसाईंले आफ्नो अभियानको वार्षिकोत्सव समारोह काठमाडौँको भृकुटीमण्डपमा गर्दै छन् । कार्यक्रममा सबै राजनीतिक दलका नेता तथा स्वतन्त्र व्यक्तित्वहरूलाई पनि बोलाइएको छ ।

त्यही कार्यक्रममा पूर्वराजा शाहलाई अभिनन्दन गर्न अभियानको उपत्यका समितिले विभिन्न तयारी गरेको थियो । शाहकै हातबाट द्वीप प्रज्ज्वलन गर्ने कार्यक्रम थियो । अभिनन्दनका लागि ताम्रपत्रसमेत तयार गरिसकिएको थियो । तर, पूर्वराजा शाह भने प्रसाईंको अभियानको पूर्वसन्ध्यामा आइतबार नै चितवनतिर लागेका छन् । सोमबार पनि उनी चितवनमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?