अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २२ हजारभन्दा बढी उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २२ हजारभन्दा बढी उजुरी थुप्रिएका छन् । केन्द्र र ७ वटै प्रदेश कार्यालयमा गरी अख्तियारमा पुससम्म २२ हजार १ सय २७ उजुरी परेका हुन् । त्यसमध्ये ५० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित छन् ।स्थानीय तहमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायत धेरै काम हुने र सेवाग्राहीका विषय जोडिने भएकाले उजुरी बढेको आयोगको बुझाइ छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार स्थानीय तहपछि अख्तियारमा भूमि र शिक्षासँग सम्बन्धित उजुरी धेरै आएका छन् ।

स्थापना भएको ३३ वर्ष पूरा गर्दा आयोगले विदेश अदालतमा दायर गरेका मुद्दामा ७० प्रतिशतभन्दा बढीमा दाबीविपरीत फैसला हुनुले अख्तियारको अनुसन्धान क्षमतामाथि भने प्रश्न उठ्दै आएको छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले अख्तियार दुरुपयोग गरेकोबारे अनुसन्धान गर्ने जिम्मेवारीसहित संवैधानिक निकायका रुपमा २०४७ सालमा आयोग स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?