काठमाडौँ । आज सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनमा दलका उम्मेदवारलाई स्वतन्त्र मेयरले भोट हालेनन् । तीन चर्चित मेयरले राष्ट्रिय सभा सदस्यको निर्वाचन बहिष्कार नै गरे ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालले मतदान नगरेका हुन् ।
निर्वाचनका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो। तर, स्वतन्त्र जितेका तीन मेयरले भोट हालेनन् । कार्यव्यस्तताको कारणले भोट नहालेको उनीहरूले बताएका छन् ।