अत्तरिया । अत्तरिया उधोग बाणिज्य संघमा लगाइएको ताला प्रहरी को सहयोगमा खोलिएको छ ।
केही दिन अधि सप्पन्न प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली भेटिएको र उक्त कुराको निष्पक्ष छानबिन को माग गर्दै केही ब्यबसायीहरुले दिउँसो संघ को कार्यालयमा तालाबन्दी आज खोलीएको हो ।
नक्कली ठेलीको प्रयोग गरेर संघलाई आर्थिक घाटा लगाइएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन । संघ ले पनि उक्त कुराको निष्पक्ष छानबिन को माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निबेदन दर्ता गराएको छ ।संघका अध्यक्ष कल्याण सिँ बोहरा नेतृत्व को टोली प्रशासन कार्यालय पुगेर निवेदन दर्ता गराएको जनाइएको छ ।