अखिल (क्रान्तिकारी) पश्चिम कमाण्डको बैठक सम्पन्न:२३ औं सम्मेलनको तयारीमा जुट्ने

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को पश्चिम कमान्ड तथा विद्यार्थी साधारण शाखाको पहिलो बैठक सम्पन्न भएको छ । शुक्रबार नेपालगन्जमा संगठनका कमाण्ड इन्चार्ज बबरजंग सी को अध्यक्षता बैठक सम्पन्न भएको हो ।

बैठकले पश्चिम कमाण्ड भित्र भेला तथा सम्मेलन गर्न बाँकी रहेका जिल्लाहरूमा माघ २५ गते भित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ । काठमाण्डौमा फागुन ६ देखि ८ गते सम्म हुने अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनलाई रचनात्मक र सिर्जनात्मक ढंगले सम्पन्न गर्न तयारीमा जुट्ने निर्णय समेत गरेको पश्चिम कमाण्ड इन्चार्ज बबर जंग सी ले बताए ।

बैठकमा प्रमुख अथिति उमा सी ले नेपालको समाजवादी शैक्षिक आन्दोलनको नेतृत्वलाई समाल्न सक्ने विद्यार्थी संगठन निर्माण गर्न सबै कमिटीले आ-आफ्नो तहमा खट्नुपर्ने बताएकी छन् । उनले संगठनको २३ औं राष्ट्रिय सम्मेलनलाई भब्यताका साथ सम्पन्न गर्न सम्पूर्ण किसिमको तयारीमा जुट्न कमिटीहरुलाई निर्देशन समेत दिएकी छन् ।

बैठकमा नेकपा स्थायी समिति सदस्य तथा फ्याक्सन इन्चार्ज उमा सी,ब्यूरो इन्चार्ज संगम सी,२३ औं राष्ट्रिय सम्मेलन संयोजक प्रकाश सी, पार्टी केन्द्रीय सदस्य उत्तर बाकें इन्चार्ज रणदिप सी,दक्षिण जिल्ला इन्चार्ज शेखर सी,ब्युरो फ्याक्सन लगायतको आतिथ्यता
रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?