२८ भदौ २०८१, शुक्रबार
२८ भदौ २०८१, शुक्रबार

आजको देश

चन्द्र सी

देश जस्तो देश नहुनु
बिदेशी आड्डा जस्तो हुनु
नेता नेता जस्तो नहुनु
उनका चटुकार जस्तो हुनु
यो आजको देश हो !
देशले नेता नहुनु !
नेतासँग जनता नहुनु !
तर फलाक्नु समृद्धिको भाषण
र गाउनु मुर्दा देशभक्तिको गीत
सिमा मिचिरहनु ,
जनता थिचिरहनु ,
यो हो आजको देश !

आजको देशमा
जनताले भोट बेच्नु
नेताले देश बेच्नु
कमिसन बाड्नु
भ्रष्टाचार मौलाउनु
देशका युवा हराउनु
नयाँ नामका जोगिहरु
आउनु पुरानै कुरा कराउनु
व्यवस्था ठिक अवस्था बदल्न अराउनु
राष्टघात गर्नु काण्ड मच्चाउनु
नेता बच्नु आसेपासे बचाउनु
न्यायलय भित्र अन्याय हुनु
खुल्यामखुल्ला घुस लिनु
जेलभित्र निर्दोष हुनु
हो
यो आजको देश हो

आजको देशमा
समान रोजगार छैन
समान शिक्षा छैन
समान स्वास्थ्य छैन
समानता छैन, स्वाभिमान त छदै छैन
बरु बन्दुक हुन्छ
र पड्काईदिन्छ
रोजगार माग्ने युवाको छातिमा
पुलिस हुन्छ
आजको देशमा
मालिकको आदेश पर्खेर बसेको
हाकिम हुन्छ यो देशमा
जसले देश नै मुठ्ठीमा कसेको छ
सुकुम्बासिमा पठाइदिन्छ डोजर
मालिकले
गरिबिमा लगाइदिन्छ भोगमरी
लुटिदिन्छ महिलाको अस्मिता
शोषण गर्छ मजदुरको ज्याला
ठगिदिन्छ किसानहरुलाई
मालिकले
हो यहिँ हो आजको देश

आजको सत्ताको चरित्र हो
महङ्गी बढाउनु
भ्रष्टाचार मौलाउनु
बलात्कार बढ्नु
हत्याहिंसा मच्चाउनु
विभेद हुनु
लुट्नु कमिसन खानु अत्याचार गर्नु
यी सबै हुने आज सत्तामा हो

आजको देशमा
नेता धनी हुन्छन
जनता गरिब हुन्छन
नेता शासक हुन्छ्न
जनता रैती हुन्छन
आजको देशसँग
भोलिको कुनै देश छैन
हो !
भोलिको देश बनाउनेहरु
आजको बेथितिसँग लड्दै छ्न
लड्दा लड्दै रोएका छन
देशभक्तहरु
रुदा रुदै लडेका छन
देशभक्तहरु
हास्दै रुदै अघि बढेका छन
देशभक्तहरु
स्वाभिमान ,समनता र शान्ति
आमूल परिवर्तन र मुक्तिमा क्रान्ति
यहीँ कल्पनामा
यहीँ सपनामा
लड्दैछन आजको पुजिवादि सत्तासँग
क्रान्तिकारीहरु ,कम्युनिस्टहरु
बामपंथीहरु , मध्यामवर्गहरु
पत्रकारहरु , कलाकारहरु
हो !
यो लडाईको वेग देखेर
डराएका छन शासकहरु
मक्किएको छ पुजिवादको सत्ता
क्रान्तिको हुङ्कारसंग
अत्तालिएका छ साम्राज्यवाद !
जनता मालिक हुने भोलिको सत्तामा
कृषि हुन्छ , उद्योग हुन्छ
रोजगार हुन्छ , शान्ति हुन्छ
आज जहाँ देश छ त्यहाँ भोलि हुने छैन
आजको देश, हिजोको देश हुनसक्दैन
बरु
आजको देश भोलिको देश हुनेछ
भोलिको देश
हाम्रो संघर्षको देश हुने छ
हाम्रो सपनाको देश हुनेछ ,
हाम्रो बिजयको देश हुनेछ
नयाँ देश हुने छ,उज्यालो देश हुनेछ
पक्कै पनि
हामिले खोजेको भोलिको देश
समाजवादी देश हुने छ
साम्यवादि देश हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?