२० कार्तिक २०८१, मङ्लबार
२० कार्तिक २०८१, मङ्लबार

बालेन शाह पुगे धरान, किन गएनन् प्रधानमन्त्री प्रचण्ड ?

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) शुक्रबारदेखि सुरु भएको ‘धरान डे’ उत्सवमा अतिथि बन्न पुगेका छन् । केही दिनअघि काठमाडौँ आउँदा धरान उपमहानगरपकालिकाका प्रमुख हर्क साम्पाङले बालेनलाई भेटेर निम्तो दिएका थिए ।

धरान उपमहानगरपालिकाले स्थानीय पब्लिक हाई स्कुलको मैदानमा ‘धरान डे’ कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा साम्पाङ र बालेनसँगै देखिएका छन् ।

उक्त कार्यक्रमका लागि धरानका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख अतिथिको रुपमा निम्तो दिएका थिए । तर, प्रधानमन्त्रीको सचिवालयले कार्यव्यस्तताले प्रधानमन्त्री आउन नभ्याउने बताएपछि साम्पाङ आक्रोशित बनेका थिए ।

साम्पाङले प्रधानमन्त्री आफूले बोलाएको कार्यक्रममा सहभागी हुन नआउने भएपछि आफ्नो कार्यकक्षबाट प्रधानमन्त्रीसँगै राष्ट्रपतिको तस्वीर समेत हटाएका छन् । उनले पुस १२ गते आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्वीर राखेका छन् ।

‘धराने जनतालाई अपमान गर्नेलाई म सम्मान गर्छु र ? कदापि गर्दिनँ !’, उनले भनेका थिए, ‘दलविहीन भए पनि म जनताले जिताएको मान्छे हो । मैले प्रधानमन्त्रीलाई गएर निम्तो दिएँ तर म स्वतन्त्र भएकाले उहाँ यहाँ आउन मान्नु भएन ।’

प्रधानमन्त्री आउन नमानेपछि मेयर साम्पाङले काठमाडौंका मेयरलाई धरान बोलाएका हुन् । काठमाडौं र धरानका मेयर दुवै जना स्वतन्त्र निर्वाचित हुन् । उनीहरूका कामदेखि भनाइसम्मले सामाजिक सञ्जाल तताउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?