कञ्चनपुर , पुस १९ : कञ्चनपुरको भीमदत्त नगरपालिकाको हरिहर स्नान घाटमा मेला लाग्ने भएको छ । जिल्लाको भिनपा १२ स्थित रहेको बैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिको आयोजनमा मकर मेला तथा धार्मिक पर्यटकीय महोत्सव २०८० चल्ने भएको हो ।
भीमदत्त नगरपालिका १२ को ओदालि स्थितको हरिहर स्नान घाटमा यही पुस २२ गते देखि फागुन २५ गते सम्म विभिन्न धार्मिक कार्यक्रमका साथ महोत्सव मनाइने आयोजक टिमले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।
मन्दिर समितिका अध्यक्ष देवी भारतीले स्थानीय धार्मिक पर्यटकीय स्थलहरूको संवर्धन र प्रवद्र्धन गर्नका लागि महोत्सवको आयोजना गरिएको बताएका छन् । “धार्मिक पर्यटकीय क्षेत्रलाई आय स्रोत र आम्दानी संग जोडी श्रद्धालु भक्तजनहरूलाई भारतीय भूमिमा नगई नेपालमै रोक्ने प्रयास गरेका छौं , अध्यक्ष भारतीले भने ।
यस्तो छ महोत्सवको कार्यक्रमको तालिका :
१) धर्मध्वज पूजन सहित मेला प्रारम्भ महास्नान मिति २०८० पौष २२ गते एकादशीका दिन
२) विभिन्न संस्कृतिक कार्यक्रम २०८० पौस २८ देखि माघ १ गते सम्म,
३) मकर सक्रान्ति/नरहरी सक्रान्ति महास्नान मिति २०८० माघ १ गते सोमबार ।
४) पट्तिला एकादशी मिति २०८० माघ २ गते मंगलवार । माघ २६ गते शुक्रबार ।
५) मौनी आमावास्या मिति २०८० ६) कुम्भ स्नान फागुन संक्रान्ति (महास्नान) मिति २०८०, फागुन १ गते मंगलबार
७) श्री वसन्त पञ्चमी (महास्नान) मिति २०८० फागुन २ गते बुधवार । ८) माघ पूर्णिमा, माघस्नानपूर्ति (महास्नान) मिति २०८०, फागुन १२ गते शनिबार
९) विशेष स्नान महाशिवरात्री मिति २०८०, फागुन २५ गते शुक्रवार ।
१०) गंगा दशहरामा श्रीवैजनाथ सिद्धनाथ मन्दिर धाम पूजाको मुख्य पर्व ।