२८ भदौ २०८१, शुक्रबार
२८ भदौ २०८१, शुक्रबार

एक वर्षमा १० लाख १५ हजार जना पर्यटक नेपाल भित्रिए

काठमाडौं । नेपालमा एक वर्षमा झन्डै १० लाख १५ हजार जना पर्यटक आएका छन् । सन् २०२३ मा हवाई मार्गबाट दुई सय १९ वटा देश तथा क्षेत्रका १० लाख १४ हजार आठ सय ७६ जना पर्यटक आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

गएको डिसेम्बर महिनामा मात्रै ९६ हजार पाँच सय ६८ जना पर्यटक नेपाल आएका हुन् । सन् २०२३ मा नेपाल आएका पर्यटकमध्ये तीन लाख १९ हजार नौ सय ३६ जना भारतीय रहेका छन् ।

यस्तै अमेरिकाबाट एक लाख तीन सय ५७ जना, चीनबाट ६० हजार आठ सय ७८ जना र बेलायतबाट ५२ हजार आठ सय ६६ जना पर्यटक आएका छन् ।

कोभिड–१९ का कारण प्रभावित पर्यटन व्यवसाय लयमा फर्काउन सरकारले सन् २०२३ मा १० लाख जना पर्यटक भित्राउने लक्ष्य लिएको थियो । सरकारको त्यो लक्ष्य पूरा भएको छ ।

यस्तै सन् २०१९ को तुलनामा झन्डै ८५ प्रतिशत पर्यटक आएका छन् । सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?