१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

बैजनाथ आधारभूत विद्यालयको नवनिर्मित चार कोठे नगर प्रमुख महराद्वारा उदघाटन

कञ्चनपुर , पुस ०२ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ पारीफाटामा रहेको श्री बैजनाथ आधारभूत (अङ्ग्रेजी माध्यम) विद्यालयको नवनिर्मित ४ कोठे भवनको शुक्लाफाँटाका नगर प्रमुख रण बहादुर महराले उदघाटन गरेका छन् । आईतबार विद्यालयले आयोजना गरेको ३४ औं वार्षिकोत्सव समारोहको अवसरमा प्रमुख महराले उदघाटन गरेका हुन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४५ लाख लागतमा उक्त चार कोठे पक्की भवन बनेको विद्यालयले जनाएको छ । विद्यालयमा भवन बनेपछि विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नका सहजता हुने सो विद्यालयका शिक्षक मदन सिंह ठगुन्नाले बताए । अब भवन अभावका कारण विद्यार्थीले सास्ती खेप्न पर्ने अवस्था छैन , शिक्षक ठगुन्नाले भने ।

हिजो सो विद्यालयमा जनप्रतिनिधि , शिक्षक , विद्यार्थीहरू र अभिभावकको उपस्थितिमा ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?