६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

दोधारा चाँदनी नगरपालिकामा तेस्रो कञ्चनपुर सम्मेलन

कञ्चनपुर, मंसिर ३० : कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा तेस्र्रो कञ्चनपुर सम्मेलन ०८० सम्पन्न भएको छ । शुक्रबार दोधाराचाँदनी नगरपालिकामा तेस्र्रो कञ्चनपुर सम्मेलन ०८० सम्पन्न भएको हो । यस अघि पहिलो भीमदत्त नगरपालिका, दोस्रो पुनर्वास नगरपालिकामा गरिएको थियो । तेस्रो पटक दोधाराचाँदनी नगरपालिकामा जिल्ला सम्मेलन गरिएको छ । सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च भन्ने नाराका साथ उक्त सम्मेलन सम्पन्न भएको जनाईएको छ ।

जिल्लाका सबै पालिका सहितका विभिन्न विद्याका विज्ञहरुको सहभागितामा गराएको सम्मेलनले जिल्लाको दीगो विकास लक्षित छलफल गरिएको छ ।

कार्यक्तमका प्रमुख अतिथि समेत रहेका सुुदूपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले दोधारा चाँदनीले सुदूरपश्चिमलाई समृद्ध बनाउने बताएका ए । मन्त्री देउवाले दोधारा चाँदनी सुदूरपश्चिमको मुख्य नाका भएर सुदूरपश्चिमलाई समृद्ध बनाउने बाटोमा अघि बढेको बताए । उनले दोधारा चाँदनीको विकासका लागि प्रदेश सरकार सधैं प्रतिवद्ध भएको उल्लेख गरेका छन ।
‘यस ठाउँको विकासका लागि हामी सधैं प्रतिवद्ध छौ, दोधारा चाँदनी सुदूरपश्चिमको प्रमुख नाकाका रुपमा विकास हुँदैछ’ उनले भने,सुख्खा बन्दरगाह बन्दैछ, हाम्रो छिमेकी राष्ट्रले बनाउँदैछ, महाकालीमा चार लेन पुल बन्दैछ’ उनले भने,‘सुदूरपश्चिमलाई समृद्ध बनाउने बाटोमा दोधारा चाँदनी अघि बढेको छ ।’दोधारा चाँदनी सहित कञ्चनपुुर र तराई क्षेत्रमा बाढी र डुबानको समस्या भएको उल्लेख गर्दै उनले संघ सरकारले बर्सेनी विनियोजन गर्दै आएको बजेटले नियन्त्रण हुन नसकेको बताए । ‘प्रत्येक वर्ष संघ सरकारले नदी खोला नियन्त्रणका लागि बजेट दिन्छ, त्यसले नियन्त्रण हुन सकेको छैन, त्यो बजेट डुप्लिकेसन भएर आउँछ’ उनले भने । तराई क्षेत्रमा साना खहरे खोलाले पनि बर्सेनी समस्या पार्दै आएको मन्त्री देउवाको भनाई थियो ।
कार्यक्तमका बिशिष्ठ अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका निर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले कञ्चनपुरको दीगो विकास र विद्यमान समस्या बारे तीनै तहका सरकार गम्भिर हुनुपर्नेमा जोडदिए ।
दोधारा चाँदनीका मेयर किशोर कुमाल लिम्बुले दिगो शहरी विकास, जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरणका विविध विषयमा छलफल हुने तथा सम्मेलनमा यस वर्ष मुख्यतया तीन विषयमा छलफल गरिएको बताए ।

मेयर लिम्बुले सम्मेलनको पहिलो सत्रमा सबै पालिकाहरुमा ठूलो समस्याको रुपमा रहेको जंगली हात्तीले पु¥याईरहेको मानवीय, भौतिक र आर्थिक क्षति न्यूनीकरणका उपायको बारेमा छलफल राखिएको बताए । छलफलको सहजीकरण मानव–हात्ती द्वन्द व्यवस्थापन विज्ञ जेडएसएल नेपालका डा। दिनेश न्यौपानेले गर्ने छन । यस्तै गरी दोस्रो सत्रमा जलवायुजन्य विपदको जोखिम न्यूनीकरणका लागि सबैको लागि पूर्व सूचना विषयमा छलफल हुने भएका छन । यसको सहजीकरण आईएचएचआरका डा. सञ्जय देवकोटा, डीसीएका दिनेश गुरुङ लगायतले गरेका थिए । कार्यक्रममा कञ्चनपुरका प्रमुख, उपप्रमुख सहितका जनप्रतिनिधिहरुले जिल्लाको दीगो विकास र सम्बृद्धिका विषयमा धारणा राखेका थिए । उक्त कार्यक्रममा दोधाराचाँदनी अन्य पालिका, एनएनएसडब्लूए लगायतको सहयोगमा कार्यक्तम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?