२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

कृष्णपुरमा वडा अध्यक्ष फुटबल कप सुरु , १४ टीम सहभागी

कञ्चनपुर , मंसिर ३० : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा प्रथम कृष्णपुर नगरपालिका वडा नं २ को वडा अध्यक्ष कप फुटबल प्रतियोगिता – २०८० आजबाट सुरु भएको छ । कृष्णपुरको मछेलिमा रहेको खेल मैदानमा फुटबल हुन् लागेको हो ।

हाम्रो गोल लागू औषध विरुद्धको गोल भन्ने मूल नाराका साथ हुन् लागेको फुटबलको शनिबार सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदले उदघाटन गरेका हुन् ।

फुटबलको उदघाटन कार्यक्रममा सहभागी मन्त्री साउदले लागू औषधको कुलतमा युवाहरु लागिरहेको बेलामा स्थानीय तबरबाट हुने यस्ता प्रतियोगिताले युवाहरुलाई खेल प्रति आकर्षित गर्ने बताए । उनले भने ,“ खेलकुद प्रतियोगिताको नारा नै ‘हाम्रो गोल लागू औषध विरुद्धको गोल ’ ले असाध्यै महत्व बोकेको छ ।”आगामी दिनमा कृष्णपुर २ मा खेल मैदानको स्थापना , स्तरोउन्निती र विकासका लागि मन्त्रालयका तर्फबाट आबस्यक बजेट र नीति तयार गरिने मन्त्री साउदले प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि रहेकी सुदुरपश्चिम प्रदेश सदस्य गीता चौधरीले खेलकुदका क्षेत्रलाई अगाडि बढाउन आफ्नो तर्फबाट आबस्यक पहलकदमी लिन बताइन् । ‘यस फुटबल प्रतियोगिताले युवाहरुलाई खेलकुदमा सहभागिता बढाउन मद्दत पुग्ने विश्वास छ , उनले भनिन् ।

वडा अध्यक्ष अर्जुन साउदले चुनावका बेला नै युवाहरुलाई दिएको आशा पूरा हुन लागेको बताए । उनले भने ,“ हामीले पहिला नै भनेका थियौं यस वडालाई शैक्षिक हबको रुपमा विकास गर्छौ भनेर त्यसको सुरुवात भएको छ । गत वर्ष खेल मैदान नै नभएका कारण खेलकुद हुन् सकेको थिएन। मेरै पालामा अहिले खेलमैदान सुचारु भएको छ । यस खेलमैदान बाट नै हामीले राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी जन्माउन सक्छौ ।”वडा अध्यक्ष साउदले आफ्नै पालामा वडालाई लागू औषध मुक्त वडा घोषणा गरिने समेत बताए ।

फुटबल प्रतियोगिता संयोजक रहेका जित बहादुर चौधरीले उक्त प्रतियोगितामा कृष्णपुर नगरपालिका ९ वडाकै टिम र बाँकी छिमेकी पालिकाका टिम गरी १४ टिम सहभागि भएको बताए । उनका अनुसार २ टिम आयोजक वडा, बाँकी १२टिम नगरपालिका अन्य वडा बाँकी छिमेकी पालिकावडाबाट टिम आएको बताए ।

प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र वितरण गरिनेछ । प्रतियोगिताका उत्कृष्ठ खेलाडी, बेष्ट किपर, डिफेन्सरलाई समेत पुरस्कार प्रदान गरिनेछ । हरेक प्रतियोगितामा म्यान आफ दी म्याच घोषणा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?