२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

लैंगिक समानता नीति कार्यान्वयनमा सरोकारवालाको जोड

कञ्चनपुर , मंसिर २९ । राष्ट्रिय लैङ्गिक समानता नीति २०८० को कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम कञ्चनपुरमा सम्पन्न भएको छ । शुक्रबार महिला तथा जेष्ठ नागरिक मन्त्रालय र विभिन्न गैरसरकारी संस्थाको सहकार्यमा लैंगिक समानता कायम राख्न बनेको नीतिको सही कार्यान्वयन सम्बन्धी सरोकारवाला निकायको उपस्थितिमा अभिमुखीकरण तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको हो । समाजमा लैंगिक समानता कायम राख्न सरोकारवालाले नीति कार्यान्वयनमा जोड दिएका छन।

समाजमा रहेका व्याप्त लैंगिक असमानता घटाउने प्रयास स्वरुप आएको राष्ट्रिय लैंगिक नीति २०७७ को सही र प्रभावकारी कार्यान्वयन गर्न अभिमुखीकरण कार्यक्रम आयोजना भएको महिला तथा जेष्ठ नागरिक मन्त्रालयकी उप सचिव ममता बास्तोलाले बताइन् । उनले कार्यक्रमको बारेमा जानकारी गराउँदै उपस्थित सबैले नीतिको लागू गर्नका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा सुझाबको अपेक्षा गरेको पनि बताइन् ।

कार्यक्रमममा अतिथिका रुपमा सहभागी बेदकोट नगरपालिका प्रमुख भोजराज बोहोराले समाजमा लैंगिक हिंसा रोक्नका लागि सबैको समान भूमिका आबस्यक रहेको बताए । कञ्चनपुरका समग्र पालिकाका तर्फबाट बोल्दै उनले भने नीतिको कार्यान्वयन गर्न हामीले यस्ता छलफल मात्रै गर्ने नभई व्यवहारमा लागू गर्न सबैले प्रतिबद्धता देखाउनुपर्ने जिकिर गरे । अभिमुखीकरण कार्यक्रमको उदघाटन सत्रका प्रमुख अथिति कञ्चनपुर जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहोराले अहिलेको समयमा पनि जसरी लैंगिकता कै कारण हिंसा बेहोर्न परेको छ यो बिडम्बना पूर्ण रहेको बताए । लैंगिक हिंसाका मुख्य पीडित महिला भएका कारण महिलाले नै यसको अन्त्य प्रमुख नेतृत्व लिनुपर्ने उनको भनाइ छ । उनले भने ,“हामी उदघाटन सत्रमा छौं यहाँ धेरै भाषण भन्दा पनि हामीले यो नीतिको सही ढंगले लागू कसरी गर्ने भन्ने छलफल गर्नु छ यसका लागि हामी सबै निकाय तयार हौं ।”

त्यसै गरी कार्यक्रममा वक्ताको रुपमा सहभागी सामाजिक विकास मन्त्रालयमा महिला लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ मेनुका बस्नेत विष्टले हाम्रो संविधान र कानुनले नै बन्देज गरेका छाउपडी प्रथा , दाइजो प्रथा तथा अन्य विभेदका क्रियाकलाप निरन्तर भइरहनु दुखत रहेको बताएकी छन् । समाजमा रहेका लैंगिक विकृति विसंगतिको विरुद्धमा आम मानिसमा जनचेतना अभिवृद्धि गर्नु अहिलेको आबस्यकता अनुरूप यो अभिमुखीकरण गरिएको छ , उनले भनिन् । राज्यका निकायले लैंगिक समानता कायम गर्न नीतिगत व्यवस्था गरे त्यसको परिणाममुखी प्रभाव बढाउन सबैले आफ्नो कर्तव्य ठान्नु पर्ने उनको भनाइ छ ।

महेन्द्रनगरमा आयोजित सो कार्यक्रममा कञ्चनपुर लगायत सुदुर पश्चिमका सबै जिल्लाका स्थानीय तहका उपाध्यक्ष/ उप प्रमुखहरु अन्य महिला अधिकारकर्मी जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

राज्यले यस्ता कार्यक्रमको आयोजना गर्दै आए पनि समाजमा लैंगिक समानता भने कायम भएको देखिँदैन । खासमा सुदुरपश्चिममा भने अझ देशकै तुलनामा बढी लैंगिक हिंसा हुने गरेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?