२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

बेलौरी किसानलाई पहिलो पटक किसान परिचय पत्र

कञ्चनपुर, २७ मसिर : कञ्चनपुरको एक पालिकाले किसानलाई परिचय पत्र वितरण गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले किसानलाई परिचय पत्र वितरण गरेको हो । पहिलो पटक बेलौरी नगरपालिकाले किसानलाई परिचय पत्र वितरण गरेको जनाएको छ ।
बुधबार एक कार्यक्रमका विच तरकारी उत्पादक किसानलाई परिचय पत्र वितरण गरिएको छ । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले तीन वडाका ७५ व्यवसायिक रुपमा तरकारी उत्पादक किसानलाई परिचय पत्र वितरण गरेको बताए ।
मेयर चौधरीका अनुसार ३, ५ र ९का तरकारी उत्पादक किसानलाई परिचय पत्र वितरण गरिएको छ । ‘उहाँहरुलाई कृषि शाखा, वडाको सिफारिस मापदण्ड अनुरुप पालिकाले प्रमाणित गरेर किसान परिचय पत्र वितरण गरेको हो, ‘मेयर चौधरीले भने, ‘भावि दिनमा सबै वडाहरुमा किसान परिचान प्रमाणिकरण गरेर परिचय पत्र वितरण गछौँ ।’
स्थानीय सहित धनगढी, अत्तरिया, महेन्द्रनगर सहितका बजारमा आफुले उत्पादन गरेको तरकारी बेच्नका लागि सहज गराउने, किसान पहिचान गर्न, उत्साहित गराउन, तरकारी सहजै बिक्रि वितरणका लागि किसानलाई परिचय पत्र वितरण गरिएको मेयर चौधरीको भनाई छ । ‘उहाँहरुले उत्पादन गरेको तरकारी बेच्न जाँदा व्यवसायीले कहिकतै भारतबाट उच्च रसायन राखेर उत्पादन गरेको तरकारी हो कि भन्ने दुविधा हुने गरेको पाईयो, ‘मेयर चौधरीले भने, ‘वास्तविक किसान पहिचान गर्न व्यवसायी तथा उपभोक्तालाई समेत सहज हुनेछ ।’
किसान परिचय पत्र पाएपछि बेलौरीका किसान हर्षित भएका छन । उनीहरुले आफ्ुहरुलाई पालिका सरकारले किसान पहिचान दिएर परिचय पत्र वितरण गरेर सहजता गराईदिएको बताएका छन । परिचय पत्र वितरण कार्यक्तममा जनप्रतिनिधी, कृषि शाखा सहितका कर्मचारी, किसानको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?