काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा रहेको एक रेस्टुरेन्ट खोल्दा ३६ वटा नेपाली पासपोर्ट र ४ नेपाली नागरिकता भेटिएको छ ।
लामो समयदेखि बन्द रहेको रेस्टुरेन्ट खोल्न निवेदन परेपछि कान्तिपुर फुडल्याण्ड एण्ड सेकुवा कर्नर खोल्न जनप्रतिनिधि र प्रहरीको टोली सो स्थानमा पुगेको थियो।
सो रेस्टुरेन्टमा तिन दर्जन पासपोर्ट र ४ वटा नेपाली नागरिकता भेटिएपछि सो घटनाका वारेमा थप अनुसन्धान हुनुपर्ने माग स्थानियहरुले गरेका छन भने बरामद भएका राहदानी र नागरिकतालाई थप अनुसन्धानका लागि तत्काल प्रहरीलाई बुझाइएको छ।
नगर प्रहरी सहितको उपस्थितिमा रेस्टुरेन्ट खोल्दा ठुलो शंख्यामा भेटिएका पासपोर्ट र नागरिकता र रेस्टुरेन्टको सम्बन्ध र घटनाका वारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
रातो सुर्य डट.कम बाट