दुर्गा प्रसाईं नेतृत्वको भक्तपुरमा हुने आजको आन्दोलन स्थगित

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको आजको लागि तय भएको आन्दोलन कार्यक्रम स्थगित भएको छ । प्रसाई नेतृत्वको भक्तपुर हुने भनिएको आजको आन्दोलन कार्यक्रम स्थगित भएको हो।

मंसिर ७ गतेदेखि सुरु भएको उक्त आन्दोलन बल्खु, तीनकुने र सिफल हुँदै आज भक्तपुरको दरबार क्षेत्रभित्र गर्ने तग भएको थियो । प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामको महाअभियानले सूचना जारी गर्दै भक्तपुरको कार्यक्रम स्थगित गर्दै आज बिहान ११ बजेदेखि कलंकी चोक, बालाजु बिजीमल, रत्नपार्कमा एकैपटक विरोधस्वरुप सांस्कृतिक कार्यक्रम गर्ने घोषणा गरेको छ।

तर उक्त कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले जानकारी दिए। कानून विपरित प्रदर्शनमा उत्रिए सोही अनुसार कडा रुपमा प्रस्तुत हुने स्थानीय प्रशासनको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?