दुर्गा प्रसाईंको घरमा सुरक्षाकर्मीद्वारा घेराबन्दी

काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंको घरलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् । प्रसाईंकाे घर भक्तपुर पुगेर प्रहरीले वरपरबाट ठूलो संख्यामा घेरा हालेको हाे ।

आज (शुक्रबार) पनि प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने बताएपछि उहाँलाई घरबाटसमेत निस्कन नदिई आफ्नै घरमा नजरबन्द गराउने उदेश्यसहित प्रहरीले घेरा हालेको उच्च स्रोतले जानकारी दिएकाे छ ।

‘आज उहाँको प्रदर्शनको कुनै ठाउँ तोकिएको छैन । प्रदर्शनका लागि बाहिर निस्कन नदिने हाम्रो रणनीति हो’ एक उच्च सुरक्षा अधिकारीकाे भनाइ छ ।

प्रसाईंको अगुवाईमा बिहीबार भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए । नागरिक बचाउ अभियानका नाममा प्रसाईंले अराजक शैलीमा भाषण गर्नेदेखि प्रदर्शन गर्ने र गणतन्त्र फालेर राजा ल्याउनेसम्म बताउँदै आउनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

अदालतमा नयाँ अभ्यास: इजलासभित्रको बहस सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण

रास्वपाद्वारा राजनीतिक सिद्धान्त परिवर्तन, ‘सामाजिक लोकतन्त्र’ अङ्गीकार

निर्जीव कि सजीव ?!

spot_img

छुटाउनुभयो कि ?