अनलाइन ठगी गर्ने ९ जना धनगढीबाट पक्राउ

धनगढी। अनलाइन ठगी गर्ने ९ जनालाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ।

बुधबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटेको संयुक्त टोलीले अनलाइन ठगी गर्ने गिरोहलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा डोटी शिखर नगरपालिका –१० का २१ वर्षीय प्रशान्त बलायर, कञ्चनपुर पुनर्वास नगरपालिका –६ का २९ वर्षीय मिनबहादुर सुनार, कञ्चनपुरकै बेलडाडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार र २८ वर्षीय कमल सुनार छन्।

यस्तै दिल्ली बस्ने भारतीय नागरिक ३२ वर्षीय अमित कुमार, २२ वर्षीय जयराम सुनार, २६ वर्षीय कुनाल शर्मा, २४ वर्षीय मिथिल कुमार र १९ वर्षीय प्रियंसु ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट ल्यापटप ११ थान, विभिन्न कम्पनीका मोबाइल ८ थान, राउटर १ थान, हेडफोन १२ थान र एउटा किबोर्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?