रानी पोखरीमा मधेशीहरुले छठ मनाउन नपाएको भन्दै रावतको आक्रोस

काठमाडौं । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले काठमाडौंको रानी पोखरीमा छठ पर्व मनाउन रोक लगाएपछि आक्रोश पोखेका छन् । डा. राउतले सामाजिक सञ्जालमार्फत रानी पोखरीमा मधेशीहरुले छठ मनाउन नपाएको भन्दै आक्रोश पोखेका हुन् ।

उनले लेखेका छन्, ‘मधेशी राजा÷रानीद्वारा ई. १६६७ मा हात्तीद्वारा कुल्चेर आफ्नो पुत्र चक्रवतेन्द्र मारिएको पुत्रशोकको कारणले बनाउन आदेश दिइएको रानी पोखरीमा आज मधेशीहरूले आफ्नो पुत्रहरूको दीर्घायुको लागि छठ व्रत बस्न नपाउँदा पक्कै पनि खिन्नताको बोध गरेका छन् ।’
पुरातात्त्विक संरक्षण कारण हो भने त केही छैन, तर शासकीय अहंकार हो भने यसको जबाफ पक्कै पनि समय आएपछि दिनेछौं’ उनले भनेका छन्, ‘काठमाडौंमा रहेका ऐतिहासिक दरबारदेखि टुँडालसम्म मधेशीहरूले बनाएको हो । काठमाडौंको स्वर्णिम काल नै मधेशीहरूले ल्याएको थियो, कुनै आक्रान्तहरूले होइनन् ।’

काठमाडौं महानगरपालिकाले यस वर्ष रानी पोखरीमा छठ मनाउन रोक लगाएको छ । गत वर्ष पोखरीमा सौन्दर्यीकरणको काम भइरहेकाले छठ मनाउन दिइएको थिएन । तर सौन्दर्यीकरणको काम भइसक्दा पनि यस वर्ष महानगरले छठ मनाउन रोक लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?