करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं । करेन्ट लागेर धादिङ, रूपन्देही र रामेछापमा गरी तीन जनाको मृत्यु भएको छ ।
धादिङको नेत्रावती गाउँपालिका- ४ चमैकोट बस्ने ४५ वर्षीया निर्मला तामाङको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको हो ।

बाटोमा हिँडिरहेको अवस्थामा मेन लाइन तार चुँडिएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, रामेछापको दोरम्बा सैलुङ गाउँपालिका- ५ काभ्रेचौर बस्ने ३५ वर्षीय महेन्द्र कँडेलको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । घर नजिकै रहेको देवी थान मन्दिरमा पूजा गर्नको लागि बिजुलीको बल्ब राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको हेम्स अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ६ लुम्बिनीस्थित मलेसियन मन्दिरको ट्रस्ट बनाउने क्रममा करेन्ट लागेर बारा कलैया उपमहानगरपालिका- २० बस्ने २४ वर्षीय कर्मुल्ला ठकुराई मुसलमानको आइतबार साँझ मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?