विपतका बेला सहयोगका नाममा ठगी गर्नेबाट सचेत रहन आग्रह

काठमाडौं । नेपाल प्रहरीले भूकम्प प्रभावितको नाममा अवाञ्छित गतिविधि र ठगी हुनसक्ने भएकाले निश्चित गरेरमात्रै सहयोग गर्न आम नागरिकमा अनुरोध गरेको छ ।

भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघसंस्था आधिकारिक हो वा होइन, निश्चित गरेरमात्र सहयोग गर्न अनुरोध गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए ।

प्रवक्ता कडायतका अनुसार विगतमा यसरी सहयोगका नाममा ठगिएका र वास्तविक प्रभावितहरूले राहत नपाएका जानकारी आएको भन्दै त्यसतर्फ सचेत हुन भनिएको हो । प्रहरीले शनिबार सार्वजनिक सूचना नै जारी गरेर सबैमा उक्त अनुरोध गरेको हो ।

विभिन्न सरकारी निकाय तथा सङ्घसंस्थाले भूकम्प प्रभावित क्षेत्रमा सहयोगको घोषणा गरेका छन् । जाजरकोट केन्द्रविन्दु भएर आज गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी अहिलेसम्म एक सय ५७ जनाको मृत्यु भइसकेको छ । झण्डै दुई सय जना घाइते भएका छन् । खोज र उद्धार कार्य अहिले पनि जारी रहेको छ । तस्बिर : रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?